×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

मोरङ २ मा सुजाताको अवस्था कस्तो छ ?

२८ आश्विन २०७९

२८ असोज , काठमाण्डौ ।
मोरङको क्षेत्र नम्बर २, जहाँ ३ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मत आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । उक्त क्षेत्रमा १३ जनाको उम्मेदवारी परेपनि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेलबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

यसअघि उक्त क्षेत्रमा काँग्रेसका डाक्टर मिनेन्द्र रिजाल विजयी भएका थिए । यसपटक उनले टिकट पाएका छै्रनन् । कोइरालाको प्रतिस्पर्धामा रहेका ऋषिकेश पोखरेल अघिल्लो पटकको निर्वाचनमा रिजालसँग पराजित भएका थिए ।

Advertisement
Advertisement

एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश चुनावी तयारीका लागि लामो समयदेखि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त रहदा नेपाली कांग्रेसका तर्फबाट अन्तिम समयमा उम्मेदवार छनौट हुँदा काग्रेसको प्रचार त्याहा ढिलो गरी सुरु भएको छ ।

२०७४ सालको निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत ल्याउँदा एमाले नेता पोखरेलले ३४ हजार १४ मत पाएका थिए । सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’बाट नेपाली कांग्रेसका शिवनारायण गनगाई १६ हजार ४१८ मतसहित विजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गणेश उप्रेतीले १५ हजार १०७ मत पाएका थिए ।

प्रदेशको निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३८६ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार घणिन्द्रबहादुर कुँवरले १७ हजार १२७ मत पाएका थिए । आफ्नो बुबा गिरिजाप्रसाद कोइरालाको क्षेत्र भएका कारण आफूले टिकट पाउनुपर्ने दावी गर्दै आएकी सुजाताले टिकट पाएसँगै अहिले जनताका घरदैलोमा पुगिरहेकी छिन् ।

वाम गठबन्धन उम्मेदवारलाई पराजित गरेका कारण पुनः टिकट आफूले पाउनुपर्ने मिनेन्द्रको दाबी थियो । तर रिजालले टिकट नपाएपछि काग्रेसको एउटा पङित निराश बनेको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा कांग्रेसबाट बहुमत वडाध्यक्षसहित प्रमुखमा रविन राईले जितेका थिए ।

सुनवर्षीमा कांग्रेसका कालीप्रसाद दास विजयी भएका थिए । रंगेली नगरपालिकाका ५ र कानेपोखरी गाउँपालिकाका ३ वडा मध्ये अधिकांशमा कांग्रेस विजयी भएको थियो । गत बैशाखमा सम्पन्न निर्वाचनमा स्थानीय तहमा कांग्रेसले पकड गुमाएको छ ।

रतुवामाईको प्रमुखमा कांग्रेस विजयी भए पनि उपप्रमुख र बहुमत वडा अध्यक्ष एमालेबाट विजयी भएका छन् । सुनवर्षी नगरपालिकाको बहुमत वडासहित प्रमुख र उपप्रमुख एमालेले जितेको छ । रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाका बहुमत वडाहरु पनि एमालेले जितेको छ ।

क्षेत्र नम्बर २ का वडाहरुमा स्थानीय तह निर्वाचनमा एमालेले ३१ हजार ३४० र कांग्रेसले २८ हजार ६१४ मत पाएको थियो । माओवादी केन्द्रको ७ हजार २७१ र जसपाको ४ हजार ३४६ मत थियो ।

पोखरेल र कोइरालासहित सो क्षेत्रबाट राप्रपाका गोपाल दाहाल, नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नारायण प्रसाद गनगाई, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराई, मंगोल नेशनल अर्गनाइजेसनका नारायण विसंखे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्का, नेश्नलिष्ट पिपलस पार्टीका मिना कटुवाल बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठेगेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । यस्तै अन्य तीन जना स्वतन्त्र उम्मेदवारहरु राजकुमार सिवाकोटी, विश्वेश्वर ऋषिदेव र सुनिल कुमार साह पनि चुनावी मैदानमा छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top