रुसले कब्जा गरेको खेरसनमा भागाभाग

२८ असोज, एजेन्सी ।
रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा रुसले नियुक्त गरेका नेता भ्लादिमिर साल्डोले सर्वसाधारणहरूलाई सो क्षेत्र छोड्न भनेका छन्। आफ्नो भूभाग फिर्ता लिन अघि बढिरहेको युक्रेनी फौजले उक्त क्षेत्रमा दैनिक जसो रकेट आक्रमण गरिरहेको बीबीसीले उल्लेख गरेको छ।

रुसले नियुक्त गरेका नेताले सर्वसाधारणहरूलाई ‘अध्ययन र समय बिताउन’ रुसमा गएर ‘आफ्नो जीवन रक्षा गर्न’ आग्रह गरेका छन्। उनले सहयोगका लागि रुससँग पनि आग्रह गरेका छन् । उनको आग्रहलाई रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले पनि एक टेलिभिजन सन्देशमार्फत् समर्थन गरेका छन् ।

आफ्नै देशका नागरिकहरू लक्षित आक्रमण गरेको आरोप युक्रेनले अस्वीकार गर्दै आएको छ । युक्रेनी सेनाले उत्तर पश्चिमी खेरसनको केही भूभागमा पुनः आफ्नो नियन्त्रण कायम गर्दै क्षेत्रीय राजधानी खेअरसन सहरतर्फ अघि बढेको छ ।

दक्षिणी रुस र क्राइमिया क्षेत्रका लागि विशेष जिम्मेवारी पाएका खुस्नुलिनले भनेका छन्, ‘उक्त क्षेत्रका बासिन्दाहरूलाई त्यहाँबाट बाहिरिएर देशका अन्य क्षेत्रमा पुग्न सरकारले सहयोग गर्ने निर्णय गरेको छ,’

खेरसनबाट उद्धार गरिएका मानिसहरूको पहिलो समूह शुक्रवार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने उक्त क्षेत्रका गभर्नर भासिले गोलुभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ। उनले भनेका छन्, ‘खेरसन क्षेत्रबाट आउन चाहने सबैलाई रोस्तोभ क्षेत्रले स्वीकार गर्छ र बसोबासको व्यवस्था पनि मिलाउँछ,’

प्रत्याक्रमण तीव्र बनाएको किभले अन्य हतियारसँगै अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेट प्रणालीको प्रभावकारी उपयोग गरिरहेको जनाएको छ । युक्रेनले रुसी सेना लक्षित निशानाहरूमा आक्रमण गरिरहेको छ र आफ्नो भूभागमा नियन्त्रण कायम गरिरहेका सैनिकहरूलाई रुसको सम्पर्कबाट विच्छेद गर्ने चेतावनी दिएको छ।

गत फ्रेब्रुअरीमा सुरु भएको आक्रमणमा रुसले नियन्त्रण कायम गरेको क्षेत्रीय राजधानी खेरसन मात्रै हो। युक्रेनको सेनाले भने यो क्षेत्रमा प्रत्याक्रमणका लागि अघि बढिरहेको आफ्नो फौजबारे केही पनि बोलेको छैन। रुसले नियुक्त गरेका नेता साल्डोले बिहीवार खेरसन र नोभा काखोभ्का सहित प्रमुख दुई सहरहरूमा दैनिक जसो युक्रेनी रकेट आक्रमण भइरहेको बताएका छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top