×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

रविको साथ पाएका सागरले देउवालाई हराउँलान् ?

२९ आश्विन २०७९

२९ असोज, काठमाण्डौ ।
डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै डडेल्धुरामा सुई निर्वाचन चिन्ह लिएका सागर ढकाललाई निशर्त समर्थन प्रतिवद्धता जनाएको हो ।

राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिने भन्दै बहालवाला प्रधानमन्त्री देउवाकाविरुद्धमा निर्वाचनमा होमिएका ढकालको कदमको प्रशंसा गरेको छ ।

Advertisement
Advertisement

विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिलाई आजिवन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक छ ।यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य हो ।’

डडेलधुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । पाँचपटक प्रधानमन्त्री भइसकेका ७७ वर्षीय देउवासँग अक्सफर्ड विश्वविद्यालयबाट स्नातक गरेका ३१ वर्षीय सागर ढकाल सहित चारजना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

आफ्नो गृह जिल्लामा स्वतन्त्रसहित देउवाका सातजना प्रतिस्पर्धी भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको यहाँ आफ्नो उम्मेदवार छैन । दोस्रो ठूलो संसदीय शक्ति एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर देउवाको क्षेत्रमा कर्ण मल्ललाई समर्थन गर्ने सहमति गरेको थियो । मल्ल काँग्रेस बीपीबाट देउवालाई चुनौती दिदैछन् ।

सोही अनुसार एमालेले आफ्नो उम्मेदवार उठाएको थिएन । तर शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो सहमती भंग भएको एमालेले जनाएको छ । नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिएका मल्ल यसअघि देउवाकै स्वकीय सचिव थिए । यहाँ देउवाको मुख्य प्रतिस्पर्धा मल्लसँगै हुने ठानिएकोमा अब स्वतन्त्र पार्टीको पनि समर्थन रहेपछि सागर ढकालको मत बढ्ने सम्भावना देखिन्छ ।

Advertisement
Advertisement

यस्तै चितवन, काठमाडौं ४ लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरुको खण्डन गरेको छ । पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिमको तालमेल नगरेको र नगर्ने जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top