विराटनगर,भदौ ९
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आगामी माघ ७ गते मेची स्पोट्र्स अवार्ड ‘२०७५’ गर्ने भएको छ । मञ्चले झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरी चार वटा जिल्लालाई लक्षित गरी मेची स्पोट्र्स अवार्ड गर्न लागेको झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मलेनमा खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए ।
अञ्चलभरि उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, टिम कोच, पिपुल च्वाइस प्लेयर, युवा खेलाडी र लाइफ टाइम एचिभमेन्टका प्रतिभालाई अवार्ड प्रदान गरिनेछ । अवार्ड पाउने खेलाडी प्रतिभाहरुलाई जनही नगद २५ हजारको दरले पुरस्कृत गरिनेछ । पुरस्कारको राशी पंकजबिक्रम नेम्बाङ्गले आफ्नो छोराको स्मृति प्रदान गर्नेछन ।
साथै उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिनेछ । खेलाडीलाई मोटरसाइकल र स्कुटर समाजसेवी तथा खेल क्षेत्रका अगुवा जलकुमार गुरुङ्गले दिने जनाइएको छ ।