मोरङ, भदौ ८
मोरङको ग्रामथान गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन । ग्रामथान गाँउपालिका २ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाले चालुबर्ष २०७५ भित्र गाँउपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाएका हुन ।
वडा बाल संरक्षण तथा सम्र्बद्धन समिति,झोराहट–२, वल्र्ड भिजन र नारी विकास संघले संयुक्तरुपमा आयोजना गरेको प्रतिबद्धता घोषणा सभाका सहभागिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै चालु बर्षभित्र गाँउपालिकालाई बालविवाहमुक्त घोषणा गर्न आवश्यकपर्ने वातावरण बनाउन पूर्णरुपमा सहयोगगर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य बिजय विश्वास, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, ग्रामथान गांउपालिका उपप्रमुख फुलकुमारी चौधरीसहित अभिभावक,विद्यार्थी समेतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।