भारतको उत्तर प्रदेशमा डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको साटो मौसमको जुस हालिदिएपछि  बिरामीको मृत्यु

भारतको उत्तर प्रदेशमा डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको साटो मौसमको जुस हालिदिएपछि  बिरामीको मृत्यु

११ कात्तिक, काठमाडौं ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा रहेको एक निजी अस्पतालमा निकै लज्जित पार्ने खालको चरम लापरबाहीको घटना सार्वजनिक भएको छ ।डेंगु संक्रमण भएर उपचारका लागि भर्ना भएका बिरामीको शरीरमा रगतको प्लेटलेट्सका लागि प्लाज्मा दिनुको साटो रगतमा मौसमको जुस हालिदिएपछि एकजना बिरामीको मृत्यु भएको छ ।

स्थानीय ग्लोबल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचाररत डेंगुका बिरामी प्रदिप कुमारको मृत्यु भयो । परिवारजनका अनुसार प्रदिपको रगतमा प्लेटलेट्सको कमी भएका कारण रगतको प्लाज्मा चढाउनु पर्ने थियो । तर अस्पताल प्रशासनले रगतको पोकामा मौसमको जुस राखेर ड्रिप मार्फत् प्रदिपको शरीरमा हालिदियो । जसका कारण उनको मृत्यु भयो ।

उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ जसमा एकजना व्यक्तिले रगतको प्याकेटभित्र मौसमको जुस राखिएको भन्दै प्रशासनमाथि सवाल उठाइरहेका छन् ।उक्त घटनाका बारेमा सञ्चारमाध्यम तथा सोसल मिडियामा चर्चा भएसँगै प्रशासनले सो अस्पताल सिल गर्न आदेश दिएको छ र त्यहाँका भर्ना भएका बिरामीलाई अरु अस्प्तालमा सारिएको छ ।

उत्तरप्रदेशका उपमुख्यमन्त्री ब्रजेस पाठकले उक्त घटनाको छानबिन गर्न आदेश दिएका छन् । बिरामीको शरीरमा चढाइएको भनिएको मौसमको जुस राखिएको रगतको प्याकेट पनि परीक्षणका लागि पठाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.