×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गरिबलाई राशन, डिजिटल मुद्रा,भ्रष्टाचार फाइल खोल्ने रविको पार्टीका २३ वाचा

१७ कार्तिक २०७९

१७ कात्तिक, काठमाण्डौ ।
आसन्न मंसिर ४ को चुनावलाई ध्यान दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा सभापति रवि लामिछानेले २३ वटा वाचासहितको घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘वाचा पत्र’ नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विगत ५ वर्षको समीक्षा गर्दै आगामी ५ वर्ष आफ्नो पार्टीले गर्ने कामको फेहरिस्त प्रस्तुत गरेको छ ।

लोकतन्त्रको बलियो आधार निर्माणका लागि अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थासहित निर्वाचन प्रक्रियामा सुधार खोजेको छ । त्यस्तै झन्झटरहित सरकारी सेवाका लागि प्रभावकारी र पारदर्शी सरकार सञ्चालन, लैंगिक विभेदको अन्त्यको वाचा पनि उक्त पार्टीले गरेको छ ।

Advertisement
Advertisement

रविले वाचा पत्रमार्फत् भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने कबुल गरेका छन् । हरेक वडामा खाद्य केन्द्र, खेलमैदान गरिबको लागि रासन कार्ड र मानव बेचबिखन, घरेलु हिंसा, एसिड आक्रमणबाट पीडितका लागि ५ अर्बको ‘करुणा कोष’ स्थापना गर्ने स्वतन्त्र पार्टीको घोषणापत्रमा उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय मापदण्डको शिशु शिक्षालयदेखि डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिने विषय समेटिएको छ ।

सबै उमेर समूहलाई सक्रिय राख्न प्रत्येक वडामा खेलमैदान पार्कजस्ता केन्द्रहरू बनाइने उल्लेख छ । यस्तै, वार्षिक पाँच लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापना गरिने, सबै सार्वजनिक कम्पनीहरूको कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला र अन्य अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने वाचा गरिएको छ ।

आरक्षण पुनर्संरचना, एक अर्बको समावेशी तथा समन्याय कोषको स्थापना, विद्युतीय सवारीमा शून्य करलगायत वाचा सो पार्टीले गरेको छ । वास्थ्यको एजेण्डा अघि सार्दै उक्त पार्टीले पहिलो चरणमा ३५ हवाई र ७५३ सडक एम्बुलेन्ससहित राष्ट्रिष एम्बुलेन्स सेवा लागू गराउने प्रतिबद्धता जनाएको छ ।

५ लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापनादेखि ‘एक क्षेत्र, एक बाली, किसानको जीवनमा खुशीयाली’ नारा समेटेर कृषिका एजेण्डा अघि ल्याएको छ । चितवनलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने, वैदेशिक लगानी १५ गुणा बढाउने र ‘रातो र चन्द्र सूर्य ब्रान्ड’ अभियानका लागि छुट्याइने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ।

वाचा–पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने अजेन्डा राखेको छ। औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभइ, १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने उसको मत छ। त्यस्तै, अहिलेको उपराष्ट्रपतिको व्यवस्था काम नलाग्ने भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने धारणा राखेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने एजेण्डा अघि सारेको छ । भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने संकल्प लिएको हो । स्वतन्त्र पार्टीले भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले त्यसविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने पनि वाचा गरेको छ ।

कानुन अनुसार गर्नुपर्ने काम नगरे वा ढिलो गरे अनि नगर्नुपर्ने काम गरे त्यसलाई पनि भ्रष्टाचार मानेर दण्डित गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ । स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुख्य अपराधीसँगै मतियारहरूलाई पनि समान कारबाही गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारसम्बन्धी सूचना दिने सूचकलाई प्रोत्साहन तथथा संरक्षण गर्न सूचक संरक्षण ऐन बनाएर लागू गर्ने प्रतिबद्धता स्वतन्त्र पार्टीले गरेको छ ।

ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी खरिद काण्ड, कोभिड भ्याक्सिन काण्ड, यती र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्डलगायत भ्रष्टाचारको आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइल खोल्ने विषय पनि घोषणापत्रमा समेटेको छ । बाचापत्रमा स्वतन्त्र पार्टीले ३१ वर्षको नेपालका लागि १६ परिकल्पना प्रस्तुत गरेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top