×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

चुच्चे नक्सामा देउवा–ओली भिडन्त

१९ कार्तिक २०७९

१९ कात्तिक, काडमाण्डौ ।
दार्चुलाबाट चुनावी अभियान थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहाँ पुगेर चुच्चे नक्सा देखाउँदै भोट मागे । ओलीले आफू नेतृत्वको सरकारले गुमेको भूभाग समेटेर नयाँ नक्सा बनाएको, त्यसका लागि संविधान संशोधन गरेको र नेपाली भूभाग फिर्ता गर भन्दै भारतसँग पत्राचार गरेको बताउँदै गुमेको भुभाग फिर्ता ल्याउन पनि एमालेलाई जिताउन आह्वान गरे ।

यस्तै ओलीले सभाबाटै ‘त्यो कुरा कहाँ पुग्यो ? त्यो बोल्न सक्नु हुन्छ कि हुन्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । लगत्तै, ओलीले सत्तारुढ गठबन्धनले नयाँ नक्सामा समेटिएको भूमि फिर्ता गराउन नसक्ने पनि निष्कर्ष सुनाए । यस्तै ओलीले सात वर्ष अगाडिको भारतीय नाकाबन्दीका बेला एमालेले खेलेको भूमिका सम्झेर मतदान गर्न आग्रह गरे ।

Advertisement
Advertisement

उनले अहिलेको सत्तारुढ गठबन्धनका नेताहरु भारतीय हस्तक्षेपविरुद्ध बोल्न नसक्ने आरोप पनि लगाए । ओलीले त्यो बेलाको नाकाबन्दीलाई तीन वर्ष अगाडि जारी भएको नेपालको नयाँ नक्सासँग जोडेका हुन् । प्रचार अभियानको थालनी दार्चुलाबाट गर्नुले पनि यो चुनावमा एमाले नयाँ नक्साको एजेण्डा लिएर जान चाहेको अनुमान लगाउन सकिन्छ ।

दार्चुलाबाट आफूसहित सत्ता गठबन्धनका नेताहरुमाथि ओलीले आरोप लगाउँदा डडेल्धुराबाट प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले जवाफ फर्काएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए ।

उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’ यस्तै देउवाले ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए ।

उनले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ यता प्रचार अभियानमा ओलीले नयाँ नक्साबारे चर्को अभिव्यक्ति दिए पनि एमालेको घोषणापत्रमा भने सन्तुलित प्रतिबद्धता गरिएको छ ।

ओलीले भनेजस्तो भूमि फिर्ता ल्याउने ग्यारेन्टी घोषणापत्रमा छैन । १५ कात्तिकमा जारी घोषणापत्रको पाँच ठाउँमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको प्रसंग छ । तर प्रशासनिक–राजनीतिक नक्सामा राखिएको भूमि फिर्ताबारे प्रष्ट कुरा गरिएको छैन ।

Advertisement

तर ओलीले शुक्रबार सुदूरपश्चिमका तीनवटै सभामा चुच्चे नक्सालाई लिएर अहिलेको सत्ता गठबन्धनसंगै भारतविरुद्ध चर्को अभिव्यक्ति दिए हुन् । उनले भारतलाई यति विशाल भएपनि सीमाना सार्दै लगेकोमा असन्तुष्टि जनाए । ओलीले भने, ‘नेपाली जनताले यसलाई थिचोमिचोका रुपमा बुझ्छन् । त्यो कुरा भारतले गर्नु हुँदैन ।’ एक इन्च पनि भूमि मिच्न नदिने ओलीको चेतावनी छ । ओलीको यो चेतावनीलाई भारतीय मिडियाहरुले पनि छापेका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top