×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

एमालेका नन्दरामले जनार्दनलाई रोक्लान् ?

२० कार्तिक २०७९

२० कात्तिक ,काठमाण्डौ ।
अर्थ मन्त्रालयको सीसीटिभी फुजेट प्रकरण, राष्ट्रबैंकका गभर्नर निलम्बन, बजेटमा करको दर हेरफेर लगायतका विभिन्न प्रकरणमा मुछिएर पनि अर्थमन्त्रालयको नेतृत्व गरिरहेका अर्थमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर यतिबेला फेरि संसद्मा प्रवेश गर्ने योजना अनुरुप रुकुम पश्चिमबाट चुनावी मैदानमा उत्रिएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालदेखि यस क्षेत्रमा शर्मा निरन्तर चुनाव लड्दै, जित्दै आएका छन् । पाँचौ पटक चुनावी मैदानमा होमिएका शर्मा यो पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार छन् । माओवादीको प्रमुख प्रतिस्पर्धी कांग्रेस सहयात्री बनेको छ ।

Advertisement
Advertisement

०४८ मा तत्कालीन जनमोर्चबाट पहिलो पटक चुनाव लडेका शर्मा कांग्रेस नेता गोपाल जी जङ्ग शाहसँग पराजित भएका थिए । अहिले कांग्रेस सहयात्री हुँदा शर्माका मुख्य प्रतिस्पर्धी एमालेका नन्दलाल देवकोटा बनेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्लसहित जम्मा ६ जनाले यो क्षेत्रबाट चुनाव लड्दैछन् ।

माओवादी केन्द्रको गढ मानिएको रूकुम पश्चिम जनार्दन शर्माको गृह जिल्ला हो । आफ्नो व्यक्तिगत प्रभावका अलावा माओवादीको संगठनात्मक आधारमा कारण शर्माले गणतन्त्रपछिका सबै निर्वाचन जित्दै आएका छन् । सोही कारण यस पटक पनि आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ ।

२०७४ को निर्वाचनमा शर्माले कांग्रेस उम्मेदवारलाई १८ हजार मतान्तरले हराएका थिए । जिल्लाबाट ह्याट्रिक गरिसकेका शर्मालाई यसपटक शिक्षण पेशाबाट राजनीतिमा आएका एमालेका देवकोटाले चुनौति दिएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका देवकोटा पार्टीका रूकुम पश्चिमका जिल्ला अध्यक्ष समेत हुन् ।

देवकोटा पनि एमालेभित्र खारिएका नेताका रूपमा चिनिन्छन् । उनी पहिलो पटक संसदीय चुनावको परीक्षामा छन् । देवकोछा भन्छन्, ‘एमाले यसपटक रूकुम पश्चिममा माओवादीको गढ भत्काउने योजनामा छ, जिल्लामा माओवादीको एकलौटीविरुद्ध एमाले बृहस्पति बनेको छ’ ।

रूकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका लागि शर्मा र देवकोटासहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेसनबाट हरिबहादुर पुन तथा तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन् । एमाले, राप्रपा, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारहरुले शर्मालाई चुनौति दिए पनि स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा शर्मा बलिया देखिन्छन् ।

Advertisement

स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले प्राप्त गरेको मत सुरक्षित गर्न सक्यो भने शर्मा निकै ठूलो मतान्तरका साथ विजयी हुने देखिन्छ । तर पटक पटक निर्वाचित हुँदै आएका शर्मालाई पहिलो पटक संसद छिर्ने योजना बनाएका देवकोटाले नरोक्लान भन्न नसकिने सोही क्षेत्र मतदाताहरु बताउँछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top