निर्वाचन आयोगले बालेनलाई पनि सोध्यो स्पष्टीकरण

१९ कात्तिक ७९, आइतबार

२० कात्तिक , काठमाण्डौ ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण माग गरेको छ। आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ’जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्टीकरण सोधेको हो।

Advertisement

देशको राजधानी सहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आवद्धता नै रहे जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेका विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो।

आयोगको स्पष्टीकरणमा भनिएको छ, ’उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ।’

Advertisement

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ।

यस्तै आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष र उम्मेदवारलाई पनि स्पष्टीकरण सोधेको छ। आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ।

Advertisement

उक्त कार्यबाट मंसिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आममतदातासमेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमुक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानुनको उल्लंघनसमेत भएको देखिएको आयोगको पत्रमा जनाइएको छ।

आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचारप्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो। दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको सोही विषयमा आयोगले उक्त दलका उम्मेदवार सुवेदीलाई बेग्लै पत्र पठाई स्पष्टीकरण सोधेको हो।

यसअघि काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदार बनेका सुमन सायमीले पनि सार्वजनिक रुपमा नै बालेनको आफूलाई समर्थन रहेको बताएका थिए ।सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा बालेनकै प्रतिस्पर्धीका रुपमा सायमी आँखी झ्याल चुनाव चिन्ह बाट चुनाव लडेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top