×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वतन्त्र उम्मेदवार सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई

२२ कार्तिक २०७९

२२ कात्तिक, काठमाण्डौ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको खण्डन गरेको छ ।

स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ,

Advertisement
Advertisement

‘निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

यसअघि ढकालले सामाजिक सञ्जालमा प्रशासनले चुनावी प्रचारमा अवरोध गरेको बताएका थिए । ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन् ।

ढकालले भनेका छन् – मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुल्लमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिङ गर्न पनि दिएको छैन। उनले “मलाई जोगाइदिनुस् भन्दै लेखेका छन्,जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ ।

यस्तै प्रशासनले अवरोध नगरेको बताएपनि ढकाल र प्रहरीबीच भनाभन भएको भिडियो बाहिरिएको छ। त्याहा आफ्नो प्रचार गरिरहेका बेला प्रहरीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै रोक्न खोजेपछि दुबै पक्षबीच विवाद भएको थियो । प्रहरीले ढकाललाई माइकिङ गर्ने रोक लगाएको थियो ।

ढकालले आचार संहिता उल्लङ्घन गरेको प्रहरीले आरोप लगाएपछि उनका पक्षमा रहेकाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको कार्यक्रममा आचारसंहिता उल्लंघन भए नभएको बारे प्रहरीलाई प्रतिप्रश्न गरेका थिए । उनीहरुले प्रहरीलाई अन्य गाडीहरूमा पनि झन्डासहित प्रचारप्रसार भइरहेको भन्दै रोक्नु पर्ने बताएका थिए । आफ्नो जित सुनिश्चित भएपछि त्यसबाट डराएर आफू विरुद्ध प्रहरी प्रशासनलाई प्रयोग गरेको ढकालले बताएका छन् ।

डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। यहाँ स्वतन्त्रबाट ढकाल र प्रदेशमा महेशसिंह धामी पनि उम्मेदवार छन्। प्रधानमन्त्री देउवासँग स्वतन्त्र उम्मेदवार ढकालसहित लामोसमय उनकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल प्रतिस्पर्धामा छन् । त्यस क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उम्मेदवार छैन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top