कांग्रेस नेताको उम्मेदवारीमा कांग्रेसकै अवरोध

२५ कात्तिक, मोरङ ।
मोरङ क्षेत्र नम्बर–३ (१)मा कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । त्यस क्षेत्रको उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले टिकट पाएका थिए । प्रदेश–१ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहेका थापाको डेंगु तथा निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो ।

उनी गठबन्धनकोतर्फबाट मोरङ क्षेत्र नम्बर–३ (१) मा उम्मेदवार थिए । बिहीबार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बुलाई कांग्रेसकै कार्यकर्ताले अबरोध गर्दै नारावाजी गरेका थिए । अबरोधकाबीच उनलाई प्रहरीले निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएको थियो ।

कांग्रेसमा लिम्बु सस्थापन इतर खेमाका हुन भने थापा संस्थापन पक्षका थिए । मृतक थापाकी श्रीमतीले टिकट पाउनुपर्ने भन्दै संस्थापन खेमाका कांग्रेस कार्यकर्ताले लिम्बुविरूद्ध नाराबाजी गरेका थिए ।

थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएपछि लिम्बुले उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने आयोगले जनाएको छ । प्रदेश ३ ,१ मा नेकपा एमालेका तर्फबाट किशोर राई उम्मेदवार बनेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top