×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

मन्त्री बडूका स्वकीय सचिवले कुटे कांग्रेसकै कार्यकर्ता

२९ कार्तिक २०७९

२९ कात्तिक, काठमाण्डौ ।

चुनाव प्रचारप्रसारको समय घर्किदैं जाँदा गाउँगाउँ पुगेका दलहरु तथा विभिन्न समूहहरुबीच झडपका घटनाहरु पनि बढ्दै गएका छन् । कतै सत्ता गठबन्धनका उम्मदेवार तथा कार्यकर्ताहरु कुटिएका छन् भने कतै एमालेलगायतका दलहरुका कार्यकर्ताहरुमाथि हमला भएको छ ।

Advertisement
Advertisement

आइतबार एकै दिन चितवनमा रवि लामिछानेको नेतृत्व रहेको रास्वपाको समूहमाथि आक्रमण भयो भने गोरखामा एमालेका उम्मेदवार अब्दुस मियाँको समूह आक्रमणमा पर्यो ।

यता सोमबार भने दार्चुलामा कांग्रेसका स्थानीय नेता कुटिएका छन् । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवको कुटपिटबाट कांग्रेसका नेता घाइते भएका हुन् ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका हुन् ।

सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेका थिए । बोतल प्रहारबाट घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

दार्चुलाबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा होमिएका दिलेन्द्रप्रसाद बडू बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् । अघिल्लो पटक समानुपातिकबाट सांसद बनेका बडू यो पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिएका छन् । उनले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए ।

प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र क्षेत्र रहेको दार्चुलामा गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य बडूलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले चुनौती दिदैछन् ।

ठकुन्ना पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत हुन् । ०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा ठगुन्नाले कुल २८ हजार नौ सय ९८ ल्याएर जित निकालेका थिए ।

संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडुको भनाइ छ । अन्तिम अवसरको रुपमा उनी मतदातामाझ अहिले मत माग्दै हिडेका छन् ।

विसं २०४८ मा पहिलो पटक विजयी भएका बडु २०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमसिंह धामीसँग पराजित भएका थिए । उनी २०५६ सालमा पुनः विजयी भए ।

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा दार्चुलाबाट नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी भए । सो निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना दोस्रो र बडु तेस्रो स्थानमा रहे ।

कांग्रेस उम्मेदवार बडु र एमाले उम्मेदवार ठगुन्नाबीच पहिलो प्रतिस्पर्धा २०६४ सालमा भएको हो । वि.सं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बडु र ठगुन्नाबीच पुनः प्रतिस्पर्धा भयो । ठगुन्ना विजयी भए । यस्तै २०७४ सालमा भने एमाले उम्मेदवार पुनः विजयी भए ।

कांग्रेस उम्मेदवार बडु भने समानुपातिकबाट सांसद बने । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बने । कांग्रेस उम्मेदवार बडु र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेण्डा उस्ता–उस्तै छन् । दुवै उम्मेदवारले महाकाली करिडोर दार्चुला टिंकर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top