विराटनगर युवा शक्तिले बालसेवा सदनमा मनायो रक्षाबन्धन

१० भदौ ७५, आइतबार

विराटनगर,भदौ १०
सामाजिक संस्था बिराटनगर युवा शक्तिले विराटनगरको पुर्वाञ्चल बाल सेवा सदनमा आज रक्षा बन्धनका कार्यक्रमहरु गरेको छ ।संस्थाले रक्षा बन्धनको अवसर पारेर बाल सेवा सदनमा बालबालिकाहरुलाई जलपानको ब्यबस्था गर्नुका साथै सहयोगात्मक कार्यक्रम गरेको हो ।

Advertisement

रक्षाबन्धनको अवसरमा संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुबाट राखी बाँध्नुका साथै बालबालिकाहरुको सहयोग स्वरुप रु.११०० प्रदान गरेको संस्थाका सदस्य राहुल सोनीले बताए ।विराटनगरमा स्थापित विराटनगर युवा शक्तिले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top