×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज कस्तो हुनेछ एसियाली राष्ट्रविरुद्ध इंग्ल्यान्डको खेल ?

५ मंसिर २०७९

५ मंसिर , एजेन्सी ।
कतार विश्वकपको समूह ‘बी’मा रहेको इंग्ल्यान्डले आज इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्दै छ । समूह बी को यो पहिलो खेल हो । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ । विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले दोस्रो पटक एसियाली राष्ट्रको सामना गर्दैछ ।

यसअघि १९८२ को समूह चरणमा कुवेतलाई १–० ले पराजित गरेयता टोलीले एसियाली राष्ट्रको सामना गरेको छैन । यस्तै अर्को रमाइलो पक्ष भनेको इंग्ल्याण्ड र इरान पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा आमने सामने हुन लागेका हुन् । यसअघि रुसमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको इंग्ल्याण्ड कतार विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

Advertisement
Advertisement

गत वर्ष भएको युरोफकपमा भने इंग्ल्याण्ड फाइनलमा पराजित भएको थियो । इंग्ल्यान्डले पछिल्लो ७ सहभागितामा एक पटक मात्र उद्घाटन खेलमा हार बेहोरेको छ । त्यसबाहेक ३ खेलमा जित र ३ खेल बराबरीमा सकिएको छ । ग्यारेथ साउथगेटको टिम इरान विरुद्ध ३ अंक जोड्नेमा विश्वस्त छ । तर इरानले उनीहरुलाई चुनौती दिन सक्नेछ ।

इरानले भने पछिल्लो दुवै विश्वकपमा सुरुवाती खेलमा गोल खाएको छैन । इरानका प्रशिक्षक कार्लोस क्वेरोज चौथो पटक विश्वकपमा टोलीको जिम्मेवारी सम्हाल्दैछन् । सन् २०१० मा पोर्चुगलको टोली हेरेका उनी पछिल्लो तीन संस्करणमा भने इरानसँग रहेका छन् । इरानले हालसम्म विश्वकपमा १५ खेल खेल्दा २ जित, ४ बराबरी र ९ हारको नतिजा निकालेको छ ।

इरानले विश्वकपको एकै खेलमा २ गोलभन्दा बढी गर्न सकेको छैन । यता इंग्ल्यान्डका कप्तान ह्यारी केन अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डको लागि सर्वाधिक गोलकर्ता बन्ने इतिहास रच्नबाट २ गोल टाढा छन् । केनले वाइन रुनीको नाममा रहेको इंग्ल्यान्डबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफूले ‘सकेसम्म चाँडो’ तोड्ने बताएका छन् ।

चार वर्षअघि रुसमा इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा केनले ६ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । रुनीको नाममा रहेको उच्च गोलकर्ताको कीर्तिमान तोड्न केन दुई गोलले मात्र पछि छन् । इंग्ल्यान्डका उच्च गोलकर्ता रुनीले ५३ गोल गरेका छन् । उनलाई पछ्याइरहेका केनले ५१ गोल गरेका छन् ।

सन् २०१८ मा इंग्ल्यान्डबाट सन्न्यासको घोषणा गरेका रुनीले १२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । “यो कीर्तिमान चाँडै नै तोड्छु भन्नेमा आशावादी छु,” इंग्ल्यान्डबाट ७५ अन्तर्राष्ट्रिय खेल खेलेका केनले भने, “म यो कीर्तिमानको लागि नजिक छु र यसको बारेमा समर्थकहरूले कुरा गर्छन् भन्नेबारे मलाई थाहा छ । तर, म आफ्नो खेलमा मात्र केन्द्रित हुन चाहन्छु ।”

Advertisement

२९ वर्षीय केनले सन् २०१५ मा इंग्ल्यान्डबाट ‘डेब्यु’ गरेका थिए । आज नै हुने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top