जनकपुर,भदौ १०
संघीय सरकार र प्रदेश सरकारका क्षेत्राधिकारमा विवाद भएपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
प्रदेश सरकारले आज रक्षा बन्धनमा दिएको सार्वजनिक विदाको अवज्ञा गर्दे कार्यालय सुचारु गरेपछि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नै जनकपुर स्थित बैंकको कार्यालयमा तालाबन्दी गर्न पुगेका हुन । सुरक्षा गार्डसहित बंैक पुगेका मन्त्री यादवले बैंकको जनकपुर स्थित कार्यालयमा तालाबन्दी गरेका हुन ।