NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

विश्वकपमा रोनाल्डो भर्सेस सुवारेज, को छ बलियो ?

सोमवार मंसिर १२ , २०७९
Reading Time: 1 min read
A A
विश्वकपमा रोनाल्डो भर्सेस सुवारेज, को छ बलियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ मंसिर,एजेन्सी ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई÷दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत सोमवार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज राती उरुग्वेविरुद्ध मैदान उत्रिँदा पोर्चुगल चार वर्ष अगाडिको बदला लिने लक्ष्यमा हुनेछ ।

LS Auto

यसअघि सुरुवाती दुई खेलमा जित निकाल्दै अन्तिम १६ को होडमा रहेको पोर्चुगल चार वर्षअघि यही दक्षिण अमेरिकी मुलुकसँग पराजित हुँदा अन्तिम १६ बाटै बाहिरिएको थियो । सन् २०१८ को रुस विश्वकपमा उरुग्वेले २–१ को नतिजामा पोर्चुगललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

क्वार्टरफाइनलमा त्यही संस्करणको विजेता बनेको फ्रान्ससँग २–० को नतिजामा पराजित हुँदा दुई पटकको विश्व विजेता उरुग्वे पनि घर फर्किएको थियो । फर्नान्डो सान्तोसको पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको थियो । अर्कातिर उरुग्वे समूह चरणको पहिलो खेलमा एसियाली मुलुक दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लुसेल रंगशालामा आज डिएगो अलोन्सोको टिमको सामना गर्दा पोर्चुगलको कठिन परीक्षा हुने फरवार्ड गोन्कालो रामोस बताउँछन् । ‘उनीहरू धेरै बलिया र खतरनाक टिम छन’, रामोसले भने । डिएगो गोडिन साँच्चै उत्कृष्ट खेलाडी भए पनि टिमवर्क महत्वपूर्ण हुने रामोसले बताए ।

‘हाम्रो टिमको स्तरअनुसार जुनसुकै खेलमा पनि हामी दाबेदार हुनुपर्छ जस्तो लाग्छ’, उनी भन्छन्, ‘हामीले कुनै पनि खेलमा बराबरीका बारे सोचेका छैनौं। हामी जितकै लागि खेल्ने छौं।’ सुपरस्टार फरवार्ड रोनाल्डो सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलका कीर्तिमानी गोलकर्ता रोनाल्डो आफ्नो नेतृत्वमा पोर्चुगललाई विश्वकपमा सकेसम्म अगाडि बढाउने लक्ष्यमा छन् । घानाविरुद्धको गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा एक सय १८ गोल गरिसकेका रोनाल्डो यो सूची लम्ब्याउन चाहन्छन् ।

गत वर्ष सेप्टेम्बरमा इरानी फरवार्ड अली देईको एक सय नौ गोलको कीर्तिमान तोडेका ३७ वर्षीय रोनाल्डो उरुग्वेविरुद्ध विश्वकपमा नवौं गोलको खोजीमा हुनेछन् । अल डायनमा पोर्चुगलविरुद्ध उत्कृष्ट रक्षात्मक लय कायम राख्न सके उरुग्वे समूह चरणका लगातार ६ खेलमा क्लिन सिट राख्ने पहिलो टिम बन्नेछ ।

पोर्चुगलले भने समूह चरणमा खेलेका पछिल्ला १३ खेलमा एक मात्र पराजय भोगेको छ । जुन सन् २०१४ विश्वकपमा जर्मनीवरुद्ध थियो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह चरणमै लुइस सुवारेजको टिम उरुग्वे प्रतिस्पर्धी पाएको हो । कुनै समयका यी दुई स्टार कट्टर प्रतिद्वन्द्वी हुन् ।

मेस्सीका सहकर्मी सुवारेजले एक सिजन रोनाल्डोलाई पछि पार्दै सर्वाधिक गोलकर्ता समेत बनेका थिए । पछिल्लो समय यी दुवै स्टार ला लिगाबाट बाहिरिएका छन्। सधैं भेटिने सुवारेज र रोनाल्डोका देश पोर्चुगल र उरुग्वेको भने विश्व फुटबलमा बिरलै भेट हुने गरेको छ ।

अहिलेसम्म यी दुई टोली जम्मा तीन पटक भिडेका छन् । तर लगातार दोश्रो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए । जतिबेला उरुग्वेले २–१ ले पराजित गर्दै पोर्चुगलको यात्रा टुंग्याइदिएको थियो ।

Tags: #विश्वकपमा रोनाल्डो भर्सेस सुवारेजको छ बलियो ?

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.