आज सेयर बजारमा १५ अंकको गिरावट

११ मंसिर ७९, सोमबार

१२ मंसिर , काठमाडौं ।

मौद्रिक नीतिको समीक्षा लगत्तै सेयर बजारमा १५ अंकमाथिको गिरावट आएको छ । नेपाल राष्ट्र बैँकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरे लगत्तै सोमबार नेप्से सूचकमा १५ अंक माथिको गिरावट आएको हो ।

यसदिन नेप्से सूचक १५.६१ अंकले घट्दै १९५०.३७ अंकमा झरेको छ भने कारोबार रकममा समेत गिरावट आउँदै १ अर्ब ४९ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन झन्डै ३३ अंकले नेप्से घटेको बजारमा २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १।५१ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको १.४१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.३८ प्रतिशतले, हाइड्रोपावर समूह १.२२ प्रतिशतले घटेको छ ।

यता म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक भने क्रमशः ०.२४ प्रतिशत र ०।१६ प्रतिशतले बढेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top