यी लक्षण देखा परे तपाईलाई मुटु रोग भएको हुन सक्छ, समयमै सावधानी अपनाउनुहोस्

१० भदौ ७५, सोमबार

एजेन्सी,भदौ १०
पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिएता पनि पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मानिसको ज्यान लिने प्रमुख रोग मुटु रोग पनि हो ।प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै केही लक्षणहरुको आधारमा आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ ।

Advertisement

यदि त्यस्ता लक्षणहरु देखिए तुरुन्त उपचार गरे मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ ।

मुटुको रोग सुरु भैसकेको अवस्था यी लक्षणहरु देखा पर्न सक्छन् :

– छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने-छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् ।

Advertisement

–सास फेर्न कठिनाइ हुने-यदि तपाइँलाई स्वास लिन बल लगाउनु पर्छ वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

– धेरै पसिना आउने- गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बस्इै पनि पसिना तरतरी आउँछ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । त्यसैले तुरुन्तै जँचाइहाल्नुस् ।

Advertisement

– वाकवाक लागिरहने- नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।

– हात झझमाउने तथा चेतनावीहिन बन्ने-यदि तपाइँको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत बन्नुहोस् । यसो हुनु भनेको मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

–सरीरको कुनै अंगले काम गर्न छाड्नु-यदि सरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्राई नगर्नुहोस् । त्यो मुटुरोगको लक्षण हनुसक्छ ।

– बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने-यदि तपाइँलाई बोल्दाखेरि अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top