जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको उपचारका क्रममा मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको उपचारका क्रममा मृत्यु

१६ मंसिर, काठमाण्डौ ।

जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थलको पश्चिम तर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ। मृतक जुम्ला घुमफिर गर्न आएको बुझिएको जोशीले बताए । यसबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षकको कमाण्डमा एक टोली बनाइएको जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.