×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरका मेयरको घरकै अवैध संरचनामा डोजर चल्यो

२१ मंसिर २०७९

२१ मंसिर, विराटनगर ।
काठमाडौं महानगरका मेयर वालेन्द्र शाह बालेनले नगरका अवैध संरचना हटाउन सुरु गरेको डोजर अभियानले देशका विभिन्न नगरमा निरन्तरता पाउन थालेको छ । काठमाडौपछि पोखरा, ललितपुर, वुटवल लगायतका शहरसँगै पछिल्लो समय प्रदेश १ को सुनसरी स्थित इनरुवा नगरपालिका र प्रदेश १ को राजधानीसमेत रहेको मोरङको विराटनगर महानगरपालिकाले समेत नगर भित्रका अवैध संरचनामा डोजर लगाउन सुरु गरेको छ ।

विराटनगरको डोजर अभियानको रोचक पक्ष भनेको चाँही यो अभियानको सुरुवात महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो ।

Advertisement
Advertisement

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए।

उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको बताएका छन् । परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै आफ्नै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेको उनले बताएका छन् । विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो ।

यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । मेयर कोइरालाले भनेका छन् ,विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।” महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताएका छन् । अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ ।

अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । महानगरले सुरु गरेको अभियानप्रति विराटनगरको नागरिक समाजले समेत खुसी व्यक्त गरेको छ । अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वटामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

Advertisement

मेयर कोइरालाले जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाई शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई दिइसकेका छन् । जथाभावी टाँगेका अनावश्यक केवल र नेटका तार हटाउने अभियान पनि सुरु भइसकेको छ । केही दिन अघि केवल प्रदायक संस्थाका प्रतिनिधिहरूलाई बोलाएर मेयर कोइरालाले तारलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top