एजेन्सी, भदौ ११
लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन गोलकिपर लोरिस करिउस लोनमा टर्किस क्लब बेसिक्टास पुगेका छन् । उनी दुई बर्षका लागि लोनमा बेसिक्टास पुगेका हुन् ।
मेमा भएको रियल मड्रिडसँगको च्याम्पियन्स लिगको फाइनलमा दुई गल्ति गरेपछि जारी सिजन उनले लिभरपुलका लागि एक पनि प्रतिस्पर्धी खेल खेलका छैनन् । २५ बर्षीय जर्मन गोलकिपर लोरिसले सन् २०१६ मा लिभरपुलमा अनुबन्धित भएपछि लिभरपुलका लागि ४९ खेल खेलेका छन् । उनका लागि बेसिक्टास राम्रो भएको र उनी तयार भएको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताए ।