NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

‘क्याबिन क्रु’ को हड्तालले मलेसिया र दुबईमा जहाज रोकिएपछि सयौं यात्रु अलपत्र

बिहिबार मंसिर २९ , २०७९
Reading Time: 1 min read
A A
‘क्याबिन क्रु’ को हड्तालले मलेसिया र दुबईमा जहाज रोकिएपछि सयौं यात्रु अलपत्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ मंसिर,एजेन्सी ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करार नवीकरण नगरेपछि क्याविन क्रुका सदस्यले उडान नगर्ने निर्णय गरेपछि सयौं यात्रु अलपत्र परेका छन् । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् ।

ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उतै रोकिएका हुन् । अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेकाले काठमाडौंबाट उडेका क्याबिन क्रुको आराम (रेस्ट–आवर) का लागि निगमले जहाज उतै राख्नु परेको हो ।

नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबारदेखि थालेको हड्तालले यात्रुलाई सेवा दिने क्याबिन क्रु (विमान परिचारिका र परिचारक) को अभाव भएका कारण निगमले बुधबारयता दुई दिनमा सयौं यात्रुलाई समयमै गन्तव्यमा लैजान र ल्याउन सकिरहेको छैन ।

LS Auto

जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने १ सय ५७ मध्ये अधिकांश क्याबिन क्रु बुधबारदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो । एकै दिन दुइटा गन्तव्य परेकाले उनीहरुको ड्युटी समयको सीमा सकीएपछि निगम दुवै जहाज विदेशमै रोक्न बाध्य भएको हो ।

ती दुवै जहाजमध्ये मलेसियामा रहेको वाइडबडी बिहीबार बेलुकी ८ बजे र दुबईमा रहेको न्यारोबडी ९ बजे काठमाडौं आउने निगमले तालिकामा उल्लेख गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार बुधबार राति ११ः३० बजे दुबई उड्नुपर्ने निगमको न्यारोबडी २ः४५ मा काठमाडौंबाट उडेको थियो भने १० बजेका लागि तय गरिएको मलेसियाको जहाज राति २ बजे काठमाडौंबाट उडेको थियो ।

निगममा भइरहेको क्याबिन क्रु आन्दोलनका कारण सयौं यात्रु अलपत्र पर्दा र देशकै बदनाम हुँदा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुनै हस्तक्षेप नगर्दा निगमका कर्मचारीहरु निराश भएका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष युवराज अधिकारी नै यस मुद्दाको मुख्य जिम्मेवार रहेकाले विवाद समाधान गर्ने मुख्य जिम्मेवार अधिकारी नै रहेको बताएका छन् । काठमाडौं विमानस्थलले आज पनि निगमको १ः४५ बजेको दिल्ली उडान प्रभावित भएको छ । क्याबिन क्रुहरुले बिहीबार विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले करार नवीकरणमा भेदभाव गरेको,उनीहरुको सेवा सम्बन्धित काममा निगमले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेको लगायतका आरोप लगाएको छ ।

अध्यक्ष प्रदा कार्की र सचिव पदमबहादुर कार्कीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापनको चरम लापरबाहीका कारण तिन महिना पहिला हुनुपर्ने नवीकरण तथा क्याविन क्रु आईडी कार्ड अन्तिम समयसम्म नवीकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओएमए ९.८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघन गर्दै सोभन्दा बढी उडाइएकाले सम्पूर्ण क्याविन क्रु थकान भई बिरामी पर्न गएकाले उडान गर्न असमर्थ छौं ।’

Tags: #‘क्याबिन क्रु’ को हड्ताल#उडान ठप्प#जहाज रोकिएपछि#यात्रु अलपत्र

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.