×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

‘क्याबिन क्रु’ को हड्तालले मलेसिया र दुबईमा जहाज रोकिएपछि सयौं यात्रु अलपत्र

२९ मंसिर २०७९

२९ मंसिर,एजेन्सी ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करार नवीकरण नगरेपछि क्याविन क्रुका सदस्यले उडान नगर्ने निर्णय गरेपछि सयौं यात्रु अलपत्र परेका छन् । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् ।

ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उतै रोकिएका हुन् । अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेकाले काठमाडौंबाट उडेका क्याबिन क्रुको आराम (रेस्ट–आवर) का लागि निगमले जहाज उतै राख्नु परेको हो ।

Advertisement
Advertisement

नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबारदेखि थालेको हड्तालले यात्रुलाई सेवा दिने क्याबिन क्रु (विमान परिचारिका र परिचारक) को अभाव भएका कारण निगमले बुधबारयता दुई दिनमा सयौं यात्रुलाई समयमै गन्तव्यमा लैजान र ल्याउन सकिरहेको छैन ।

जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने १ सय ५७ मध्ये अधिकांश क्याबिन क्रु बुधबारदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो । एकै दिन दुइटा गन्तव्य परेकाले उनीहरुको ड्युटी समयको सीमा सकीएपछि निगम दुवै जहाज विदेशमै रोक्न बाध्य भएको हो ।

ती दुवै जहाजमध्ये मलेसियामा रहेको वाइडबडी बिहीबार बेलुकी ८ बजे र दुबईमा रहेको न्यारोबडी ९ बजे काठमाडौं आउने निगमले तालिकामा उल्लेख गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार बुधबार राति ११ः३० बजे दुबई उड्नुपर्ने निगमको न्यारोबडी २ः४५ मा काठमाडौंबाट उडेको थियो भने १० बजेका लागि तय गरिएको मलेसियाको जहाज राति २ बजे काठमाडौंबाट उडेको थियो ।

निगममा भइरहेको क्याबिन क्रु आन्दोलनका कारण सयौं यात्रु अलपत्र पर्दा र देशकै बदनाम हुँदा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुनै हस्तक्षेप नगर्दा निगमका कर्मचारीहरु निराश भएका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष युवराज अधिकारी नै यस मुद्दाको मुख्य जिम्मेवार रहेकाले विवाद समाधान गर्ने मुख्य जिम्मेवार अधिकारी नै रहेको बताएका छन् । काठमाडौं विमानस्थलले आज पनि निगमको १ः४५ बजेको दिल्ली उडान प्रभावित भएको छ । क्याबिन क्रुहरुले बिहीबार विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले करार नवीकरणमा भेदभाव गरेको,उनीहरुको सेवा सम्बन्धित काममा निगमले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेको लगायतका आरोप लगाएको छ ।

Advertisement
Advertisement

अध्यक्ष प्रदा कार्की र सचिव पदमबहादुर कार्कीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापनको चरम लापरबाहीका कारण तिन महिना पहिला हुनुपर्ने नवीकरण तथा क्याविन क्रु आईडी कार्ड अन्तिम समयसम्म नवीकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओएमए ९.८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघन गर्दै सोभन्दा बढी उडाइएकाले सम्पूर्ण क्याविन क्रु थकान भई बिरामी पर्न गएकाले उडान गर्न असमर्थ छौं ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top