NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

मस्कलाई किन मन परेनन् पत्रकारहरु ?

शुक्रबार पुस १ , २०७९
Reading Time: 1 min read
A A
नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ पौष ,एजेन्सी ।
कुनै पनि शर्तमा अभिब्यक्ति स्वतन्त्रतालाई खोस्ने वा कम गर्न नहुने भन्दै यसमा कडारुपमा वकालत गर्दै आएका एलन मस्क अहिले स्वयं पत्रकारहरुमाथि कैंची लगाउन थालेका छन् । ट्विटरको कमान्ड सम्हाले यता एकपछि अर्काे विवादित निर्णय गर्दे आएका उनले अहिले धमाधम ट्वीटरमा पत्रकारका अकाउन्ट खारेज गर्न थालेका छन् ।

वाल स्ट्रिट जर्नल(डब्लूएसजे)काअनुसार एलोन मस्कले किनेपछि चर्चित मिडिया आउटलेटका पत्रकारको ट्वीटर अकाउन्ट निस्क्रिय भइरहेका छन् । किन रद्द गरिएको भन्ने ट्वीटरले खुलाएको छैन । सीएनएन, दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र मासबलमा आवद्ध पत्रकारहरूको अकाउन्ट रद्द भएको डब्लूएसजेले बताएको छ ।

ट्वीटरको विश्वास र सुरक्षा विभाग प्रमुखले ई–मेलमार्फत प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । बिहीबार मात्रै ट्वीटरले प्रतिस्पर्धी सामाजिक सञ्जाल मास्टोडनको अकाउन्ट निस्क्रिय पारेको थियो । यद्यपि, किन रद्द भएको भन्ने ट्वीटरले खुलाएको छैन । यो विषयमा मास्टोडनका अधिकारीले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

तर इलन मस्क र ट्विटरबारे लेख्दै आएका करिब आधा दर्जन पत्रकारहरूको खाता निलम्बन भएको छ । यसअघि ट्विटरले इलन मस्क लगायत विभिन्न प्रमुख व्यक्तिहरूको व्यक्तिगत जहाज ट्रयाकिङ गर्ने झण्डै २५ वटा ट्विटर खाताहरूलाई पनि हटाइदिएको थियो ।

यो पटक निलम्बनमा परेका पत्रकारमा न्युयोर्क टाइम्सका रायन म्याक, वासिङ्टन पोस्टका ड्रु हर्वेल, इन्डिपेन्डेन्टका आरोन रुपर, सीएनएनका डनी सुलिभान, मासेबलका म्याट बाइन्डर, स्वतन्त्र पत्रकार टोनी वेबस्टर, इन्टरसेप्टका मिका ली र राजनीतिक पत्रकार किथ ओल्बरम्यान छन् ।

उनीहरूको ट्विटर खातामा अहिले ‘ट्विटरको नियम उल्लंघन गरेको’ सूचना देखाइएको छ । गएको महिना मस्कको जहाजलाई ट्रयाक गर्ने बीस वर्षीय विद्यार्थी ज्याक स्वीनीको ट्विटर खाताबारे सोधिएको प्रश्नमा मस्कले आफूलाई व्यक्तिगत रुपमै असर गर्ने कार्य गरिएको भए पनि आफूले उक्त अकाउन्ट चल्न दिने र वाक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको प्रतिकृया दिएका थिए ।

अहिले हटाइएका पत्रकारहरूमध्ये केहीले मस्कको जहाज ट्रयाक गर्ने उक्त ट्विटर एकाउन्टबारे लेखेका थिए भने केहीले मस्कको ट्विटर स्वामित्वबारे विविध विषयमा उनको आलोचना गरेका थिए । आफूले ट्विटर खरीद गरेपछि मस्कले सो सञ्जाललाई एकदमै स्वस्थ्य र कृयाशिल बहसको स्थल बनाउने घोषणा गरेका थिए ।

एप्रिलमा गरेको एक ट्वीटमा उनले लेखेका थिए, ‘मलाई आशा छ, मेरा सबैभन्दा ठूला आलोचकहरू पनि ट्विटरमा रहिरहनेछन् किनभने वाकस्वतन्त्रता भनेको त्यही हो ।’ तर गएको साता आफ्नो परिवारको यात्रासम्बन्धी विवरण सार्वजनिक हुँदा समस्या आएपछि उनले आफ्नो विचार फेरेको देखिन्छ ।

सस्पेन्ड गरिएका पत्रकारहरूको एकाउन्टमा दसौं हजार फलोअर छन् । यो घटनाको बारेमा ट्वीट गर्दै मस्कले कसैको पनि रियल टाइम लोकेसन (उपस्थित भएको स्थान र समय) सार्वजनिक रुपमा सेयर गर्ने एकाउन्टहरू निलम्बन गरिने बताएका छन् । सस्पेन्ड भएकामध्ये धेरैले ती स्वीनी र उनको एकाउन्ट इलन जेटबारे लेखेका थिए ।

मस्कले आफ्नो छोराको गाडीलाई लस एन्जलसमा पछ्याइएको र अवरोधसमेत गरिएको भिडियो पनि सार्वजनिक गर्दै यससँग सम्बन्धित व्यक्तिहरूका विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । मस्कले गत अप्रिलमा ट्वीटर किनेका थिए । त्यसयता ट्वीटरका साथै उनका अन्य कम्पनीहरुको पनि शेयरमा भारी गिरावट आएको छ । जसका कारण मस्क विश्वको धनाढ्य सूचीमा पहिलो स्थानबाट दोस्रो स्थानमा झरेका छन् ।

Tags: # ट्वीटर# मस्कलाई किन मन परेनन् पत्रकारहरु#ट्वीटरले पत्रकारका अकाउन्ट बन्द गर्दै

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.