×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चित्रबहादुर, महेन्द्रराय कि महन्थः कसले खुलाउला सपथ ?

१ पुष २०७९

१ पौष ,काठमाण्डौ ।
संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई सांसदहरूको जन्ममिति सहितको विस्तृत विवरण माग गर्दै पत्राचार गरेको छ । संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार आयोगले सांसदहरूको नामावली उपलब्ध गराए पनि पूर्ण विवरण नपठाएपछि पत्राचार गरिएको हो । आयोगबाट सचिवालयले पूर्ण विवरण पाएपछि मात्रै अगाडिको प्रक्रिया अघि बढ्ने धमलाले बताएका छन् ।

यसैबीच प्रतिनिधिसभा सदस्यलाई सपथ कसले खुवाउने भन्ने विषयमा अन्यौल देखिएको छ । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले सपथ खुवाउने र ती व्यक्तिले नै बैठकको अध्यक्षता गर्ने प्रावधान छ । तर जेष्ठ नागरिक को हो भन्नेमै प्रश्न उठेपछि अहिलेसम्म कसले सपथ खुवाउने भन्ने निर्क्योल भइसकेको छैन ।

Advertisement
Advertisement

राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसी र राप्रपाका नेता पशुपति शमशेर जबराको उमेर ८० वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।

ठाकुरको जन्ममिति विसं १९९९ बैशाख २४, केसीको १९९७ माघ २० र जबराको १९९८ वैशाख २५ गते रहेको छ । उमेरका हिसाबले यी तीनजनामध्ये केसी जेष्ठ सदस्य हुन् । निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महिन्द्रराय यादव हुन् । आयोगको विवरण अनुसार यादवको उमेर ८५ वर्ष पुगेको छ ।

तर, निर्वाचन आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाँझिएको छ । त्यसैले नवनिर्वाचित सांसदलाई सपथ खुवाउनेबारे अन्योल देखिएको हो । नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य हुन् ।

Advertisement

महन्थ ठाकुर महोत्तरी ३, महिन्द्रराय यादव सर्लाही २ बाट र चित्रबहादुर बागलुङ–१ बाट निर्वाचित भएका हुन् । पशुपतिशमशेर समानुपातिक सांसद हुन् । यसअघि २०७४ सालको प्रतिनिधिसभामा यादव उपस्थित नभएपछि सांसदलाई ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको सपथ गराएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top