नेहा बिहेअघि नै गर्भवती रहेको पुष्टि

१० भदौ ७५, सोमबार

एजेन्सी, भदौ ११
३ महिनाअघि विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका नेहा धुपिया बिहेअघि नै गर्भवती रहेको पुष्टि भएको छ । उनी आफैले ट्विटर अकाउन्टबाट आफ्नो बेबी बम देखिने फोटो सेयर गर्दै यसको पुष्टि गरेकी हुन् ।

Advertisement

अंगद वेदीका साथ हतार–हतार गरिएको विवाहदेखि आम मानिस मात्र होइन बलिउडकै कलाकारपनि अचम्म परेका थिए । यसबाट मानिसले विभिन्न आशंका व्यक्त गर्दै आएका थिए । उनी विवाहअघि नै गर्भवती भएका कारण हतार–हतारमा विवाह गरेका भन्ने चर्चा बलिउडमा चलेको थियो ।

यो हल्ला निकै बढ्दै गएपछि अंगद तथा उनीहरूको परिवारले सो समाचार साँचो नभएको र मानिसलाई कुरा काट्ने मौका मात्र मिलेको बताउँदै आएका थिए। तर नेहाले हालै ट्विटरमा राखेको फोटो सेयर गर्दै अंगदले ‘हो यो हल्ला सही थियो’ भन्ने क्याप्सन राखेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top