एजेन्सी, भदौ ११
३ महिनाअघि विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका नेहा धुपिया बिहेअघि नै गर्भवती रहेको पुष्टि भएको छ । उनी आफैले ट्विटर अकाउन्टबाट आफ्नो बेबी बम देखिने फोटो सेयर गर्दै यसको पुष्टि गरेकी हुन् ।
अंगद वेदीका साथ हतार–हतार गरिएको विवाहदेखि आम मानिस मात्र होइन बलिउडकै कलाकारपनि अचम्म परेका थिए । यसबाट मानिसले विभिन्न आशंका व्यक्त गर्दै आएका थिए । उनी विवाहअघि नै गर्भवती भएका कारण हतार–हतारमा विवाह गरेका भन्ने चर्चा बलिउडमा चलेको थियो ।
यो हल्ला निकै बढ्दै गएपछि अंगद तथा उनीहरूको परिवारले सो समाचार साँचो नभएको र मानिसलाई कुरा काट्ने मौका मात्र मिलेको बताउँदै आएका थिए। तर नेहाले हालै ट्विटरमा राखेको फोटो सेयर गर्दै अंगदले ‘हो यो हल्ला सही थियो’ भन्ने क्याप्सन राखेका छन्।