×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

दुई नेपाली टोली पब्जीको विश्व च्याम्पियन नजिक

४ पौष ,एजेन्सी ।
भर्चुअल रुपमै भएपनि युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् ।

सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

Advertisement
Advertisement

प्रतियोगिताको १६ टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ । यो प्रतियोगिताको कूल पुरस्कार रकम ८४० लाख अमेरिकी डलर छ ।

Advertisement
Advertisement

उक्त रकम १६ वटै टोलीलाई उनीहरुले प्राप्त गरेको अंकको आधारमा बाँडिन्छ । खेलमा उनीहरुले बढाउने अंकको आधारमा रकम पनि थपिंदै जान्छ । बीबीसी नेपाली सेवासँगको कुराकानीमा टिटुकेकी व्यवस्थापक संगिता गुरुङले आफूहरुले ८० हजार डलर पाउने सुनिश्चित गरेको बताएकी छन् । यसैगरी डीआरएसका व्यवस्थापक संगीन भट्टराईले आफ्नो समूहले ७२ हजार डलर सुरक्षित गरिसकेको बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top