×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

लिम्बुवान समर्थकहरुले मागे प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा

११ भाद्र २०७५

विराटनगर, भदौ ११
प्रदेश नम्बर १ लाई लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर १ का झापा, मोरङ, इलाम,ताप्लेजुङ लगायतका ९ जिल्लाबाट सहभागी उनीहरुले लिम्बुवान राज्य नामाङ्कन गर्न माग गर्दे विराटनगरमा ¥याली निकालेका छन् ।

विभिन्न जिल्लाबाट महेन्द्रचौकमा भेला भई सहभागीहरुले लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग गरेका हुन् । यदि प्रदेश नम्बर १ को नाम लिम्बुवान, खम्बुवान र किराँत नभए कोशी र सगरमाथा आफूहरुलाई मान्य नहुने ¥यालीमा सहभागीहरुले बताएका थिए । लिम्बुवान, खम्बुवान नभए प्रदेश को नामा प्रदेश १ नै राख्न पनि उनीहरुले माग गरेका छन् ।

Advertisement
Advertisement

¥यालीमा सहभागीहरुले पहिचान बिरोधी होशीयार लगायतका प्लेकार्ड सहित नगरका विभिन्न भागको परिक्रमा गरी उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए ।

सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न् । यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top