×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

७ हजार ३२ दिन जेल बसेर निस्किए शोभराज

८ पुष २०७९

८ पौष,काठमाण्डौ ।
फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिनपछि जेलबाट छुटेका छन् । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो ।

भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८० असोज १ गते (२०) वर्षको कैद सजाय सुनाइएको थियो । शोभराजलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरिएको हो ।

Advertisement
Advertisement

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकाले कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले भनेको छ ।

घर फर्काउन उनलाई जेलबाट अध्यागमन विभागतर्फ लगिएको छ । पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिबानासमेत गर्नेछ । जरिबाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन अर्थात् (डिपोर्ट गर्न) आदेश दिएकोमा आवश्यक प्रक्रिया पूरा गरी आज रिहा गरी अध्यागमन विभागलाई बुझाएको कारागार व्यवस्था विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिएका छन् ।

न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवार नै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो ।

शोभराज माथि २०३२ सालमा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाण्डौको मनोहरामा र त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेको आरोप थियो । हत्यापछि फरार शोभराज २०६१ सालमा पुनः काठमाण्डौ आएका बेला पक्राउ परेका थिए ।

काठमाण्डौ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरक÷फरक समयमा जन्मकैदको फैसला भएको थियो । दुई विदेशी नागरिकको हत्यामा दोषी ठहर भएका शोभराजमाथि जाली राहदानी प्रयोग गरेको समेत आरोप छ । पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

अध्यागमन विभागले शोभराजले नेपाल आउँदा प्रयोग गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पुर्याएर फिर्ता गर्ने तयारी गरेको जनाएको छ । तर अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई स्वदेश फर्काउनुअघि के गर्ने भनेर टुङ्गो लाग्न बाँकी रहेको बताएका छन् ।

शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ । तर नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको हो । ७८ वर्षीय शोभराजले नेपाल र भारतसहित ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा नै बिताएका छन् ।

Advertisement

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि यो व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटक÷पटक निवेदन दिएका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top