NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

७ हजार ३२ दिन जेल बसेर निस्किए शोभराज

शुक्रबार पुस ८ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
७ हजार ३२ दिन जेल बसेर निस्किए शोभराज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ पौष,काठमाण्डौ ।
फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिनपछि जेलबाट छुटेका छन् । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो ।

भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८० असोज १ गते (२०) वर्षको कैद सजाय सुनाइएको थियो । शोभराजलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकाले कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले भनेको छ ।

Advertisement

घर फर्काउन उनलाई जेलबाट अध्यागमन विभागतर्फ लगिएको छ । पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिबानासमेत गर्नेछ । जरिबाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन अर्थात् (डिपोर्ट गर्न) आदेश दिएकोमा आवश्यक प्रक्रिया पूरा गरी आज रिहा गरी अध्यागमन विभागलाई बुझाएको कारागार व्यवस्था विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिएका छन् ।

न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवार नै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो ।

शोभराज माथि २०३२ सालमा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाण्डौको मनोहरामा र त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेको आरोप थियो । हत्यापछि फरार शोभराज २०६१ सालमा पुनः काठमाण्डौ आएका बेला पक्राउ परेका थिए ।

काठमाण्डौ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरक÷फरक समयमा जन्मकैदको फैसला भएको थियो । दुई विदेशी नागरिकको हत्यामा दोषी ठहर भएका शोभराजमाथि जाली राहदानी प्रयोग गरेको समेत आरोप छ । पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

अध्यागमन विभागले शोभराजले नेपाल आउँदा प्रयोग गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पुर्याएर फिर्ता गर्ने तयारी गरेको जनाएको छ । तर अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई स्वदेश फर्काउनुअघि के गर्ने भनेर टुङ्गो लाग्न बाँकी रहेको बताएका छन् ।

शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ । तर नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको हो । ७८ वर्षीय शोभराजले नेपाल र भारतसहित ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा नै बिताएका छन् ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि यो व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटक÷पटक निवेदन दिएका थिए ।

Tags: #१९ वर्षपछि शोभराज जेलमुक्त#जेल बसेर निस्किए शोभराज

लोकप्रीय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

विचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

थप समाचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२
ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
अन्तर्राष्ट्रिय

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.