इलाममा उत्पादन भएको अदुवाको काकरभिट्टामा निकासी कर

इलाममा उत्पादन भएको अदुवाको काकरभिट्टामा निकासी कर

इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काकरभिट्टामा लिने गरेको सो निकासी कर कानुन विपरीत भएको बताएका छन् ।

आईतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले पाँच हजार निकासी करकारुपमा असुल गरेको हो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

इलाममा उत्पादन भएको अदुवा झापामा निकासी कर लिँदा किसान मारमा परेको अदुवा ब्यबसायी संघ झापाका अध्यक्ष टोम राजवंशीले बताए । लामो समय भारतीय क्वारेन्टाईनको अवरोधपछि बल्लतल्ल अदुवाको निकासी हुन थालेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.