भारतको उत्तरखण्डमा मजदुरी गर्ने कैलालीका एकै परिवारका ३ जनाको कोठामा निस्सासिएर मृत्यु

भारतको उत्तरखण्डमा मजदुरी गर्ने कैलालीका एकै परिवारका ३ जनाको कोठामा निस्सासिएर मृत्यु

१८ पौष, काठमाण्डौ ।

भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो।

आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए।बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले बताए। उनका अनुसार भुल दम्पती डेढ वर्षअघि छोरीलाई लिएर घरबाट कामका लागि त्यहाँ गएका थिए।

‘अहिले पोस्टमर्टमको रिपोर्ट आउँदैछ, शवलाई घर ल्याउने प्रक्रिया भइरहेको छ, घरको अवस्थाले कमाउन त्यहाँ गएका थिए’, वडा अध्यक्ष बोहराले भने। मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन्।आमाबुवाको निधनपछि उनीहरू घरमा टुहुरा बनेको वडा अध्यक्ष बोहराले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.