ललितपुरको धोबिघाट स्थित कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा

२० पुस ७९, बिहीबार

२२ पौष,काठमाडौं ।

ललितपुरको धोबिघाटमा आगलागी नियन्त्रणमा आएको छ। बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका ३ स्थित धोबिघाटमा रहेको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।१२ बजेतिर आगलागी नियन्त्रणमा आएको हो।

उक्त गोदाम भारतीय नागरिक ३२ कृष्ण ओदारले सञ्चालन गर्दै आएका थिए।विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी पोखरेलले बताए।उनका अनुसार अन्दाजी ७ लाख बराबरको क्षति पनि भएको छ।आगलागी नियन्त्रण गर्न ललितपुर र काठमाडौंको गरी चार वटा दमकल प्रयोग गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top