सुनको भाउ प्रतितोला एक लाख ३१ सय रुपैयाँ पुग्यो

२१ पुस ७९, बिहीबार
Share this
672shares

२२ पौष,काठमाडौं ।

Advertisement

नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ। सुनको मूल्य हाल यस वर्षकै उच्च बिन्दुमा पुगेको छ।बुधबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख २९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top