×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

के रविले दिलीप महतोलाई न्याय दिलाउँलान् ?

३० पुष २०७९

३० पौष,काठमाण्डौ ।
पछिल्लो समय मात्रै गृहमन्त्रालयको निर्देशनपछि पूर्वका २३ वटा अवैध क्रसर उद्योग बन्द भएको अवस्थामा न्यायको आशा राख्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग त्यही अवैध उत्खनन रोक्ने अभियानका क्रममा मारिएका एक युवकको परिवारले भेट गरेको छ ।

धनुषा औराही खोलामा बालुवा–गिट्टी दोहन रोक्न र चुरे संमक्षणको एक्लो अभियानमा लाग्दा तीन वर्षअघि मारिएका ओम प्रकाश (दिलीप) महतोकी आमा र दुई बहिनीले गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन् । घटनाको ३ वर्ष बित्दा समेत आफूहरुले न्याय नपाएको भन्दै दिलीप महतोलाई पर्यावरणीय सहिद घोषणा गर्नुपर्नेसहित पाँच बूँदे माग पेश गर्दै उनको परिवारले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

Advertisement
Advertisement

ज्ञापनपत्रमार्फत दिलीपलाई पहिलो पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने, अनुसन्धानमा त्रुटी भई हालसम्म मुख्य योजनाकार कारवाहीको दायरमा नआएकाले उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारवाहीको दायरमा ल्याई कानूनबमोजिम कारवाही गर्नुपर्ने, देशैभरका अवैद्य क्रसर उद्योग बन्द गर्नुपर्ने माग परिवारले गरेको छ।

यस्तै चुरे संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐनको कार्य थालनी गर्नुपर्ने र दिलीपको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा २०७६ पुसमा टिपरले किचेर दिलिपको हत्या गरिएको थियो।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ । महतो उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेको बेला त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनाको हत्या अभियोगमा प्रहरीले तीन जनाविरुद्ध मुद्दा परेकोमा उक्त मुद्दा तीन वर्षसम्म पनि टुंगो लागेको छैन। पछिल्लो समय गृहमन्त्री लामिछानेको निर्देशनपछि गरिएको अनुगमनमा अवैध देखिएपछि मोरङमा संचालित सबै २१ क्रसर उद्योग नै बन्द भएका छन् ।

मोरङमा पुस २४ देखि २७ गतेसम्म ४ दिन लगाएर अनुगमन गरिएको थियो । अनुगमनमा मोरङका सबै क्रसर उद्योगहरु मापदण्ड विपरीत संचालनमा रहेका पाइएपछि सरकारले ती उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top