×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घटना सेलाए पनि काम सेलाउन नदिन रविको वचन

२ माघ २०७९

२ माघ , काठमाण्डौ ।
पोखरामा भएको दर्दनाक विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ । दुर्घटनाको प्रभावकारी छानविन गर्न सरकारले समितिसमेत बनाएको छ । सरकारले ठूला दुर्घटनापछि गर्ने यी पूरानै काम र प्रक्रिया हुन् ।

तर अहिले दुर्घटनापछि सरकारले शोक मनाउन भन्दै आज सार्वजनिक विदा दिएपछि यसको आलोचना भइरहेका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने बताएका छन्। गृहमन्त्री लामिछानेले आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका छन्।

Advertisement

सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै मन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने उल्लेख गरेका छन् । यस्तै उनले घटना सेलाए पनि काम सेलाउन नदिने प्रतिबद्धता जनाएका छन्। उपप्रधान तथा गृहमन्त्रीको हैसियतले शोक बिदाको निर्णयप्रति आएका धारणालाई सम्मान गर्दै यस्ता सुझावहरुलाई मनन गरिने पनि उनले बताएका छन्।

सामाजिक संजालमा गृहमन्त्री लामिछानेलाई समेत मेन्सन गर्दै हिजो आफूले बोलेका कुरा आज कार्यान्वयन तहमा पुगेपछि किन विर्सिएको भन्दै धेरैले जिज्ञाशा राखेका छन् । उपप्रधानमन्त्री रविले लेखेका छन्, ‘सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं। तर, अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ, घटना सेलाए पनि काम सेलाउन दिन्नौं।

उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउँदछु।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हवाई सुरक्षाको प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन्।

विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त माग गरेका हुन्। उनले दुर्घटनाबाट अत्यन्तै दुखित र मर्माहत भएको भन्दै नेपाली आकाशमा बारम्बार भइरहेका दुर्घटनाको कारणहरुबारे विस्तृत अध्ययन, अनुसन्धानका साथै आगामी दिनमा दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

उनले हवाई सुरक्षाको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारसँग माग गरेका छन्। साथै दुर्घटना जाँचबुझका लागि गठित आयोगले प्रभावकारी छानबिन गर्नेमा विश्वास व्यक्त गरेका छन्। राजेन्द्र ७ दलीय गठबन्धन सरकारको एक घटक हो । राप्रपा समेत अब विस्तार हुने मन्त्रिपरिषद्मा लिङ्देनकै नेतृत्वमा सरकारमा जादैछ ।

 

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top