×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

विमला बनिन् देशकै तेस्रो महिला परराष्ट्रमन्त्री

३ माघ २०७९

३ माघ , काठमाण्डौ ।
देशले आज तेस्रो महिला परराष्ट्रमन्त्री पाएको छ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले परराष्ट्र मन्त्रीमा आज सपथ ग्रहण गरेकी छिन् । उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएका थिए ।

२०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य बनेकी पौडेल २०७४ सालमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् । विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिसँग नजिक रहेकी राईले लण्डनको म्यानचेस्टर युनिभर्सिटीबाट अर्थशास्त्र र ग्रामिण विकाश व्यवस्थापनमा एमए गरेकी हुन् भने नेदरल्याण्ड्सबाट विकाश अध्ययनमा विद्यावारिधि गरेकी हुन् ।

Advertisement
Advertisement

लामो समयदेखि विकास विज्ञका रूपमा गैरसरकारी संस्था एक्सन एड नेपालमा काम गरेकी छिन् । विमलाले सुरुमा कृषि व्यवसायीका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् । तर, उनले आफूलाई विस्तारै विकास नीति निर्माता र योजनाकारका रूपमा चिनाउँदै लगिन् ।

उनी १७ वर्षभन्दा बढी समयदेखि विकास क्षेत्रमा सक्रिय रूपमा संलग्न थिइन् । मन्त्री राई २०७४ फागुनमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएकी थिइन् । तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्य थिइन् । उनको राष्ट्रिय सभा सदस्यको पदावधि २०८० फागुनसम्म मात्र छ ।

२०७१ सालमा १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको समेत उनको अनुभव छ । आज परराष्ट्रमन्त्रीको पदभार सम्हालेपछि प्रतिक्रिया दिदै उनले आफ्ना तीन प्राथमिकताहरु रहेको जानकारी गराइन् ।

उनले भनिन्,’परराष्ट्र मन्त्रालयले जनतालाई पु¥याउने सेवालाई कसरी सहज बनाउने भन्ने कुरा पहिलो प्राथमिकता छ।’ विदेशी कुटनीतिक नियोगहरुसँग सहकार्य गर्ने दोस्रो प्राथमिकता रहेको बताइन् । यस्तै, विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तेस्रो प्राथमिकता रहेको मन्त्री पौडले सुनाइन् ।

उनले भनिन्,नेपालको राजदूतावासमा मेरा देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ। मलाई पनि त्यस्तै फिल हुन्छ। बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घरजस्तो महशुस गर्नुपर्छ। बाहिर रहेका नेपालीलाई हाम्रो दूतावासमा आउन सहज पहुँच गराउन प्रयास गर्नेछु।’

Advertisement

पासपोर्टको ठूलो इस्यु बनिराखेको भन्दै मन्त्री पौडेलले यसलाई सहज बनाउन आफू कटिवद्ध हुने बताइन्। मन्त्री पौडेलले परराष्ट्र नीति नफेर्ने बताइन्। मन्त्री पौडेलले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढने प्रतिवद्धता जनाइन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top