एसियाड : प्याराग्लाइडिङमा नेपालको स्वर्णपदककै सम्भावना

Share this
678shares

एजेन्सी,भदौ १२
इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीतर्फ चौथो चरणसम्म नेपाली टोली दोस्रो स्थानमा उक्लिएको छ । पदकको आशा गरिएको नेपाली टोली पहिलो र दोस्रो चरणमा तेस्रो स्थानमा थियो । तर, सोमबार भएको तेस्रो चरणको खेलमा नेपालको प्रदर्शन अपेक्षाकृत केही कमजोर रहँदा चौथो स्थानमा झरेको थियो ।

Advertisement

पदकको आशा गरिएको तेक्वान्दो, कराते र बक्सिङ पदकबिहीन भइरहँदा एकमात्र आशाको रुपमा रहेको प्याराग्लाइडिङले नेपाली समर्थकलाई पुनः उत्साहित बनाएको छ ।खेलस्थलमा रहेका नेपाली टोलीका प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले दिएको जानकारी अनुसार नेपालले स्वर्ण जित्ने सम्भावना पनि छ । चौथो चरणसम्म नेपालभन्दा अगाडि जापानमात्र छ ।प्याराग्लाइडिङको पाँचौं तथा अन्तिम चरणको खेल बिहीबार हुनेछ ।

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । यसअघि दुई चरणमा दुई खेलाडीले मात्र टास्क पूरा गरेका थिए भने दोस्रो चरणको खेलमा प्रतिकुल मौसमका कारण सहभागी कुनै पनि खेलाडीले टास्क पूरा गर्न नगरेको नेपालका लागि चौथो चरणको खेलमा तीन खेलाडीले टास्क पूरा गरेका कारण नेपाल दोस्रो स्थानमा उक्लिएको हो ।

Advertisement

इण्डोनेसियाबाट नेपाली प्रशिक्षक भट्टराईले भने, ‘ आजकै जस्तो प्रदर्शन निरन्तरता हुने हो भने हामी स्वर्णकै हकदार हुन्छौँ ।’नेपालले एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।प्याराग्लाइडिङमा पुरषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top