विराटनगर,भदौ १२
प्रदेश नम्बर १का सांसदहरुले स्थानीय तहहरुले जथाभावी कर लगाउँदा संघीयताकै बद्नाम भएको भन्दै करमा एकरुपता हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक माथिको छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् ।
नेपाली कांग्रेसका सांसद ओमप्रकास सरावगीले एउटै विषयमा केन्द्र प्रदेश र स्थानिय तहले कर लगाउने अवस्था आउन नहुने गरी कानुन निर्माण हुनुपर्ने बताए । कृषि उत्पादनमा कर लगाउनु गलत रहेको भन्दै उनले कृषिमा आत्मनिर्भर बन्ने सरकारी निति सफल बनाउन कृषि उत्पादनमा सहुलियत प्रदान गर्नुपर्नेमा कर लगाउनु उल्टो बाटो भएको दाबी गरे ।
नेकपाका सांसद बुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनका लागि कर उठाउन जरुरी भएपनि प्रदेश भरि त्यसमा एकरुपता कायम गर्नुपर्ने बताए ।