विराटनगर,भदौ १२
प्रदेश १ का सांसदहरुले प्रदेशको नाम र राजधानी छिटो तोक्न माग गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानी तत्काल तोक्नुपर्ने, महिला हिंसा अन्त्य गर्नुपर्ने, प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति कडा बन्नुपर्ने विषय उठान गरेका हुन् ।
सांसद जयराम यादवले प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गर्न नहुने बताए । सांसद चन्द्रप्रसाद श्रेष्ठले प्रदेश सरकारको विदा कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । यस्तै सांसद उमिता विश्वकर्माले महिला हिंसाका घटनाहरु बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारसँग माग गरिन् ।