×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

एट्लेटिको मड्रिडले भित्र्यायो मेम्फिस डिपे

७ माघ, एजेन्सी ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडले नेदरल्याण्ड्सका स्ट्राइकर मेम्फिस डिपेलाई अनुबन्ध गरेको छ । बार्सिलोना छाडेर उनी एथ्लेटिको गएका हुन् । बार्सिलोनाको अनुमतिमा उनले बिहीबार नै एट्लेटिकोमा अभ्यास गरेको मार्काले जनाएको छ । २८ वर्षीय डिपेका लागि एट्लेटिको ३० लाख युरो तिर्न तयार भएको बार्सिलोनाले जनाएको छ ।

उनी २०२१ मा फ्रि ट्रान्सफरमा लियोनबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । ४२ खेल खेलेका उनले १४ गोल गरेका छन् । तर चोटका कारण यो सिजन जम्मा चार खेल खेलेका छन् । क्लबसँग उनको सम्झौता पनि सकिन लागेको थियो । यता ट्रान्सफर बजारमा खेलाडी खरिद विक्री तथा अन्य विषयसहित आर्थिक प्रतिवेदनमा सहि हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्टसलाई कारवाही गरेको छ ।

Advertisement
Advertisement

युभेन्टसका पूर्व पदाधिकारीलाई फरक फरक प्रतिबन्ध लगाउँदा क्लबको भने लिगमा १५ अंक घटाइएको छ । महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफैं स्रोत जम्मा गरेको थियो । तर क्लबले भने यसप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ ।

युभेन्टसले पछिल्ला सिजनमा थुप्रै खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा सहि प्रक्रिया नपुर्याएको आरोप थियो । विशेषगरी कोभिडको समय र क्लबले क्रिस्टियानो रोनाल्डो, आर्थर, डे लिग्ट लगायतका अनुबन्धनमा पारदर्शी नभएको बुझिएको छ ।

गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो । तर युभेन्टस माथि पुनः छानविन गर्दा क्लबको गल्ती देखिएको महासंघले जनाएको छ । क्लबले तत्कालीन अध्यक्ष आन्द्रे एग्नेलीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्म प्रतिबन्ध लगाएको छ । हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागु छ ।

तर महासंघले युइएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ । एग्नेलीको नेतृत्वमा युभेन्टसले लगातार ९ वर्ष लिग जितेको थियो । तर गत वर्ष भने क्लबले इटाली फुटबलमा सर्वाधिक घाटा बेहोर्नुपरेको थियो । यस कारवाहीसँगै युभेन्टस अंक तालिकामा तेस्रो स्थानबाट दशौं स्थानमा झरेको छ । १८ खेलमा ३७ अंक जोड्दै शीर्ष दुईमा पर्न प्रयासरत क्लब अब च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना छ ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top