कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका निराकारको शव झापा ल्याइयो

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका निराकारको शव झापा ल्याइयो

७ माघ, काठमाण्डौ ।

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ।कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।

शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्‍याइएको हो। युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएका उनको मृत्यु भएको थियो। उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो।

मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन्। पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ।घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए। आजै कनकाइ माईमा स्व पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.