ललितपुरको भैंसेपाटीको एक टहरामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

६ माघ ७९, शनिबार

७ माघ,काठमाडौं ।

ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका २५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।

दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएकी एक जना महिलाको मृत्यु भएको हो।धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको एसपी पोखरेलले बताए। उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन‍्।

Advertisement

उनका अनुसार टहरामा पूर्ण रूपमा क्षति पुगेको छ।बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए।ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।

बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्‍याएको छ।प्रारम्भिक अनुमान अनुसार आगलागीबाट अन्दाजी साढे १ लाख बराबरको क्षति पुगेको छ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top