Nepal Times
Nepal Times
90
Shares

कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

७ माघ, काठमाडौं ।

चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ।लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो।प्रहरीका अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्।

यद्यपि उनले जरिवाना भने तिर्नुपर्नेछ।सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्ड जरिवाना गर्न सकिन्छ। यदि मुद्दा अदालतमा पुग्यो उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ।इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला लंकाशायरमा थिए।

प्रधानमन्त्री सुनकको आफूले बनाएको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए।बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिवाना गरिएको यो दोस्रो पटक हो।यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोविड लकडाउनका नियमहरू तोडेको भन्दै जरिवाना गरिएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.