हालान्डको ह्याट्रिकसँगै म्यानचेस्टर सिटीको जित

९ माघ, एजेन्सी ।
इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेड पराजित भयो ।

खेलको १७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, खेलको ५३औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

खेलको ५९औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा आर्सनलका एनकेटीले दोस्रो गोल गर्दै ३–२ को जित दिलाए । जितसँगै आर्सनलले १९ खेलमा ५० अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ ।यस्तै गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई हराएको छ ।

सिटीले वुल्भस्लाई ३–० गोलले हराएको हो । सिटीको जितमा इर्लिङ हालान्ड नायब बने । उनले ह्याट्रिक गरे । खेलको ४०, ५० र ५४ औँ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३–० को जित निकालेको हो ।जितसँगै सिटीले २० खेलमा ४५ अङ्क जोडेको छ । यस्तै, राति नै भएको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफ्रोडले गोलराहित बराबरी खेलेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top