चीनमा कोरोनाले एक हप्तामा १३ हजारको ज्यान लियो

(FILES) In this file photo taken on May 20, 2020, health workers and patients remain in the Intensive Care Unit for COVID-19 of the Gilberto Novaes Hospital in Manaus, Brazil. - Brazilian supreme court judge on January 25, 2021 authorised the opening of an investigation into the possible responsibility of Health Minister Eduardo Pazuello for the collapse of the health system in the Amazonian city of Manaus during the second wave of the coronavirus pandemic. (Photo by MICHAEL DANTAS / AFP)

९ माघ,एजेन्सी ।
कोरोना भाइरसको उदगमस्थल मानिने चीनमा फेरि संक्रमण दर बढेको छ । पछिल्लो १ हप्तामा मात्रै कोरोनाबाट १३ हजार जनाको मृत्यु भएको छ । जनवरी १३–१९ को अवधिमा १३ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका हुन् । चीनमा हालसम्म ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ ।

गत जनवरीसम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीले जनाएको छ । सीडीसीका अनुसार चीनले डिसेम्बरको पहिलो हप्ता कोभिड नीति अन्त्य गरेपछि संक्रमण दर बढ्दै गएको हो । लामो समयसम्म चर्को विरोध भएपछि चीनले लागू गरेको शून्य कोभिड नीति फिर्ता लिएको थियो ।

कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो । उता जापानले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने भएको छ । प्रधानमन्त्री फुमियो किसिदाले यसबारे जानकारी दिएका हुन् । किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।

जापानमा अहिले कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएको जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार समिति सीएनएनले जनाएको छ । जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस सङ्क्रमणहरु देखापर्ने गरेको छ ।