Nepal Times
Nepal Times
3
Shares

जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

९ माघ,विराटनगर ।
विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद, सांस्कृतिक नृत्यसहित शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको हो ।

ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगरमा स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । त्यस्तै कार्यक्रममा क्याम्पसका प्राध्यापक डा. प्रमोकुमार झा र अनुज शर्मा पनि सम्मानित भएका छन् ।

उनीहरु स्थापनाकालदेखि हालसम्म सोही कलेजमा प्राध्यापन गर्दै आएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र क्याम्पसका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

 

सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीलाई विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो । त्यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए । जेनिथ इन्टरनेशनल कलेजमा वीवीए, एमवीए गरी साढे ४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.