×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पाकिस्तानको ढिकुटीले अब दुई साता मात्रै धान्ने

१० माघ २०७९

१० माघ, एजेन्सी ।
विगत केही दिनदेखि पीठोको अभावको सामना गरिरहेको पाकिस्तान सोमबार अचानक अन्धकारमा डुब्यो । बिहान साढे सात बजे इस्लामावाद, कराँची, लाहोरलगायत देशका धेरै भागमा विद्युत आपूर्ति बन्द भएको थियो । देशको आर्थिक संकट झन झन झन चर्किदै गएको छ ।

विदेशी मुद्रा सञ्चिति ४ अर्ब ३४३ अर्ब डलरमा संकुचित भएर दुई हप्ताको खर्च धान्न सक्ने अवस्थामा पुगेको छ । पाकिस्तानले आफ्नो ६० प्रतिशत बिजुली जीवाश्म इन्धनबाट प्राप्त गर्छ। २७ प्रतिशत विद्युत जलविद्युतमा र १० प्रतिशत आणविक तथा सौर्य ऊर्जामा निर्भर छ ।

Advertisement
Advertisement

खाद्यान्न संकटसँग जुधिरहेको पाकिस्तानमा सोमबार राष्ट्रिय पावर ग्रिडमा गडबडी भएपछि विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार, पाकिस्तानको ऊर्जा मन्त्रालयले ग्रिडमा ’ठूलो गडबडी’ भएको बताएको थियो । प्रारम्भिक जानकारीअनुसार राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी घटेपछि व्यापक विद्युत अवरुद्ध भएको हो ।

ऊर्जामन्त्री खुर्रम दस्तगीरले यो ठूलो संकट नभएको बताएका छन् । उनले देशमा केही ग्रिडहरु पुर्नस्थापना भइसकेको बताएका छन् । अहिले इस्लामावाद र पेशावरमा पनि केही ग्रिडहरू पुनर्स्थापित गरिएको बताइएको छ। दस्तगीरले १२ घण्टामा देशभर बिजुली सुचारु हुने आश्वासन दिएका छन् ।

पाकिस्तानी विपक्षीहरूले यो ब्ल्याकआउटलाई सरकारमाथि आक्रमण गर्न प्रयोग गरेका छन् । पीटीआई नेता शिरीन मजारीले भनेकी छन्, ’दुर्घटना गर्ने गिरोहले देशलाई तल ल्याइरहेको छ। पत्रकार हरिस तोहिदले बिजुली अवरुद्धले ’नाजुक अर्थतन्त्र भएको देश कडा जाडोमा गम्भीर ऊर्जा संकटतर्फ उन्मुख भएको छ’ भन्ने डर पैदा गरेको बताएको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पाकिस्तान सरकारले बिजुली बचत गर्न बेलुका ८ बजे बजार बन्द गर्ने आदेश जारी गरिसकेको छ । सोमबार बिजुली अवरुद्ध हुँदा देशको यातायात, व्यवसाय र अस्पतालहरू सबैभन्दा बढी प्रभावित भएका छन्। सोमबार पाकिस्तानका धेरै कारखाना बन्द भएका थिए ।

इस्लामाबादको एउटा अस्पतालले आफ्नो अपरेशन थिएटर बन्द गर्नुप¥यो भने कराचीको एउटा अस्पताल ब्याकअपमा काम गरिरहेको थियो। लाहोरमा मेट्रो रोकिएको थियो । घट्दै गएको विदेशी मुद्रा सञ्चिति र ठूलो ऋणको बीचमा मुलुकले धेरै कठिनाइको सामना गरिरहेको छ ।

लामो समयदेखिको राजनीतिक अस्थिरता र गत वर्षको बाढीजस्ता विनाशकारी प्रकोपले पाकिस्तानको संकटलाई गहिरो बनाएको छ। पाकिस्तानले आफ्नो वार्षिक बिजुलीको मागको एक तिहाइ भन्दा बढी आयातित प्राकृतिक ग्यास प्रयोग गर्दछ। युक्रेन युद्धपछि यसको मूल्य आकाशिएको छ।

Advertisement

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यक्रम अन्तर्गत ऋण प्राप्त गर्न पछिल्ला ढिलाइका कारण पाकिस्तानले विदेशबाट इन्धन किन्न संघर्ष गरिरहेको छ। अखिल पाकिस्तान टेक्सटाइल मिल्स एसोसिएसन (एपीटीएमए) ले सोमबार देशको कपडा उद्योगलाई मात्रै ७० मिलियन डलर नोक्सान भएको जनाएको छ। एप्टिमाका प्रवक्ताले समस्या समाधान नभए अर्बौं डलर नोक्सान हुने बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top