सुनको भाउमा नयाँ रेकर्ड/ प्रतितोला एक लाख ७ हजार नजिक

१२ माघ ७९, बिहीबार
Share this
720shares

१२ माघ,काठमाडौं ।

Advertisement

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो।उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ।

बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top