लद्दाखमा चीन–भारतबीच थप झडप हुने संकेत

१४ माघ, एजेन्सी ।

लद्दाख क्षेत्रमा आगामी दिनमा भारतीय र चिनियाँ सैनिकबीच थप झडप हुने निष्कर्ष भारतीय प्रहरीको एक सुरक्षा अध्ययनले निकालेको छ । सो क्षेत्रमा चीनले सैन्य पूर्वाधार निर्माण गरिरहँदा झडपको सम्भावना झन् बढेको लद्दाख प्रहरीको आकलन छ ।

लद्दाख प्रहरीले गरेको नयाँ र गोप्य अध्ययनपछि यस्तो निष्कर्षसहितको प्रतिवेदन जनवरी २० देखि २२ सम्म भएको प्रहरी अधिकारीहरुको बैठकमा पेस गरिएको थियो । स्थानीय प्रहरीले सीमा क्षेत्रमा जम्मा गरेको सूचनाका आधारमा सो निष्कर्ष निकालिएको प्रतिवेदनमा उल्लेख छ ।

यसबारे भारतीय सेनाले कुनै प्रतिक्रिया दिएको छैन। तर, प्रहरी अधिकारीहरुको सो बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएकाले प्रतिवेदनलाई महत्वपूर्ण मानिएको छ। ‘चीनको आन्तरिक बाध्यता र यो क्षेत्रमा उनीहरुको आर्थिक स्वार्थलाई हेर्दा चिनियाँ जनमुक्ति सेनाले सैन्य पूर्वाधार निर्माणलाई निरन्तरता दिनेछ ।

जसका कारण झडप पनि बारम्बार हुनसक्छ,’ प्रतिवेदनमा भनिएको छ । ‘झडप र तनावको ढाँचालाई विश्लेषण गर्ने हो भने यसको सघना २०१३–१४ देखि बढेको छ। हरेक दुई तीन वर्षमा अलिकति विराम पनि देखिन्छ,’ रिपोर्टमा भनिएको छ, ‘दुवै देशका सेनाले एकअर्काको प्रतिक्रिया, तिनको तोपगोलाको शक्ति र पैदल सैनिक परिचालन समयको परीक्षण गरिरहेका छन्।

२०२० मा यी दुई मुलुकका सैनिकबीच झडप हुँदा २० भारतीय र ४ चिनियाँ सैनिकको ज्यान गएको थियो। त्यसपछि अनेक चरणका सैन्य र कूटनीतिक वार्तापछि तनाव मत्थर भएको थियो । हालै पूर्वी क्षेत्रमा पर्ने अरुणाचलमा दुई मुलुकका सैनिक फेरि भिडेका थिए । तर, यसपटक कसैको ज्यान गएन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top