‘नाइँ नभन्नू ल–५’को सफलता सँगै ‘नाइँ नभन्नू ल–६’ आउने पक्का

१३ भदौ ७५, बुधबार
Share this
752shares

काठमाडौं,भदौ १३
सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि अर्को वर्ष निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल–५’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहँदा निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज लिएर आउने घोषणा गरेका छन् ।

Advertisement

छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । बाल कलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएको छ ।यो बाहेक अरु नाममा फिल्म बनाउन नसकेको आलोचना खेपिरहेका निर्देशक आचार्य यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको फिल्म बन्द गर्ने तयारी उनको छ ।

फिल्मको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि घोषित दुई फिल्मको काम अगाडि बढाउने उनले बताए । ‘म हतारमा फिल्म लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र फिल्म लिएर आउँछु’, उनले भने ।

Advertisement

‘नाइँ नभन्नू ल–५’ ले कति कमायो?

शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल–५’ ले अहिले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । तीन दिने विकेन्ड कलेक्सनमा २ करोड ग्रस कलेक्सन गरेको छ ।शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बरले वृद्धि भएको थियो । आइतवार र सोमवार परेको विदामा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरकको दाबी छ ।

Advertisement

१ करोड ३५ लाखमा निर्माण भएको यो फिल्म दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्न सक्ने प्रवल सम्भावना छ । बिमस्टेक सम्मेलनका कारण बुधवारदेखि राजधानी चकमन्न जस्तै छ । सवारी साधनमा जोर–विजोर प्रणाली लागू भएको छ । प्रायः विद्यालयहरु विदा भएका छन् । निर्देशक विकाराज आचार्य बिमस्टेक सम्मेलनले ‘नाइँ नभन्नू ल–५’ लाई फाइदा गर्नेमा विश्वस्त छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top